देहरादुनमा साहित्यकार कर्ण थामी र पदमसिंह कार्कीको निधनमा शोक सभा

खरसाङ : अखिल भारतीय नेपाली भाषा समितिद्वारा देहरादुनमा नेपाली काव्य गोष्ठी साथै वरिष्ठ साहित्यकार कर्ण थामी (दार्जिलिङ) र पदमसिंह कार्की (देहरादुन)-को निधनमा शोक सभाको आयोजना गरियो। कवि उदय ठाकुरको अध्यक्षतामा सम्पन्न सभामा साहित्यिक गोष्ठी र शोक सभाको आयोजना गरियो भने यस अवसरमा मुख्य अतिथिको रूपमा भारतीय गोर्खा परिसंघको उत्तराखण्डको अध्यक्ष अवकाशप्राप्त कर्णल जीवन छेत्री उपस्थित थिए। कार्यक्रममा दुवै दिवङ्गत स्रष्टाहरूको संक्षिप्त परिचय महासचिव एवम् कवि भुपेन्द्र अधिकारीले राख्दै तिनीहरूले नेपाली भाषा मान्यताको आन्दोलनमा दिएको योगदान र साहित्यिक तथा सामाजिक योगदान विषयमा अवगत गराए। सभामा दिवङ्गत साहित्यकारद्वय कर्ण थामी (दार्जिलिङ्ग) र  पदमसिंह कार्की (देहरादून) प्रति अखिल भारतीय नेपाली भाषा समितिको तर्फबाट श्रद्धाञ्जलि  अर्पण गर्नको साथै शोक समवेदना प्रकट गर्दै मौन धारण पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet