दिल्लीबाट नेपाली भाषामा प्रसारित हुने समाचार पुनः प्रसारित गरिने मागमा आकाशवाणी खरसाङका पदाधिकारीलाई ज्ञापन

खरसाङ: गोर्खा सांस्कृतिक संस्थान खरसाङका अध्यक्ष, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका खरसाङ महकुमा समितिका सभापति अनोस थापा अनि भारतीय गोर्खा अल्पसंख्यक मञ्चका महासचिव गौतम कालीकोटेको संयुक्त टोलीले आज आकाशवाणी खरसाङका पदाधिकारीकारीसित भेट गरेर एउटा ज्ञाप पत्र चढाए। वैश्विक महामारी कोभिड 19-ले सारा विश्वलाई प्रभावित पारेको तथ्य सर्वविदितै छ र यसको प्रभावबाट भारतका सम्पूर्ण विभागहरू अक्षुण्ण रहन सकेन। प्राय: पाँच दशकदेखि लगातार दिल्लीबाट साँझ 7: 25 बजे दिल्लीबाट नेपाली भाषामा प्रसारित हुने राष्ट्रिय न्युज बुलेटिनलाई पनि यसको प्रभाव परेकोले न्युज प्रसारण स्थगित भयो भन्ने विषयमा भेट अवधि चर्चा परिचर्चा गरिएको बताइएको छ। उक्त टोलीले दिल्लीबाट प्रसारण हुने साँझको उक्त समाचारले भारतका गोर्खा बहुल क्षेत्रहरूलाई समाचारको सहयोग पुर्‍याइरहेको थियो तर एकाएक उक्त समाचार प्रसारणमा रोक लागेपछि भारतमा छरिएर बसेका नेपाली भाषी गोर्खाहरूले समाचार प्रसारणको अभाव अनुभव गरिरहेको बारे तिनीहरूले जानकारी गराए। यसैले आकाशवाणी नयाँ दिल्लीले उक्त साँझ 7:25 मा प्रसारण हुने नेपाली समाचार पुनः प्रकाशन गरीदिने गोर्खा सांस्कृतिक संस्थान खरसाङ, भारतीय गोर्खा अल्पसंख्यक मञ्च हार्दिक अनुरोध गर्दै आकाशवाणीका अधिकारीलाई ज्ञापन पत्र चढाएको आशा मुखिया लामाले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *