नयाँ दिल्ली : दार्जिलिङका दुईजना महिलाको शव जाङपुरा दिल्लीस्थित एउटा चारतले भवनबाट पुलिसले उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार ती दुईवटा शव 35 वर्षीय मिना राई र 40 वर्षीय सुजला दार्जिलिङ जिल्ला निवासीको रूपमा चिन्हित गरिएको छ। तथापि, उक्त घटनालाई लिएर पुलिसले आधिकारिक रूपमा केही बताउन नचाहे तापनि मर्ने दुई महिलाहरूमध्ये एकजनालाई हात र खुट्टामा बाँधेको अवस्थामा दोस्रो तल्लाबाट मरेको अवस्थामा भेट्टाइएको छ भने अर्को एकजनाको शव पहिलो तल्लाबाट भेट्टाइएको बताइएको छ। पुलिस सूत्र अनुसार यी मर्ने दुई महिला दार्जिलिङ निवासी हुन् भने ती दुवैजना अर्काको घरमा काम गर्ने गर्थे। पुलिसले हत्याको मामिला दर्ता गरेर घटनाको छानबीन गर्नको साथै उक्त भवनको सेक्युरिटी गार्डसित पनि खोधखोज शुरू गरेको छ।
