दिल्लीमा भाजपाको जीत, सिलगढीमा भाजपा कार्यकर्ताहरूले निकाले विजय जुलूस

सिलगढी, 8 फरवरी (निसं): दिल्लीमा 27 वर्षपछि आज हरेक ठाउँमा गेरूवा रंग देखा परेको छ। दिल्लीमा आम आदमी पार्टीलाई ठूलो झट्का लागेको छ भने भाजपालाई बहुमत प्राप्त भएको छ। दिल्लीमा भाजपाले जीत हासिल गरेको अवसरमा सिलगढीमा भाजपा कार्यकर्ताहरू बीच खुशीको माहौल देखिएको छ। भाजपाका प्रवेश बर्माले पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाललाई पराजित गरेका छन्। दिल्लीमा भाजपाको ठूलो जीतसँगै देशभरि भाजपाका नेता अनि समर्थकहरूले उत्सव मनाइरहेका छन्। विभिन्न स्थानहरूमा झैं यता,सिलगढीमा पनि भाजपाको तर्फबाट विजय जुलूस निकालिइयो। यो जुलूस सिलगढी शहरको हाशमी चौकबाट सुरु भएर गुरुनानक चौक हुँदै पुन: हाशमी चौकमा आइपुगेर समाप्त भयो। यस जुलूसमा भारतीय जनता पार्टी सिलगढी साङ्गठनिक जिल्ला अध्यक्ष अरुण मण्डलसहित अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *