नक्सलबारी, 8 फरवरी (निसं): दिल्लीमा भाजपाले ऐतिहासिक जीत हासिल गरेको छ। नक्सलबारीमा भाजपाको जीतको खुशीमा कार्यकर्ताहरूले पटेकाहरू पड्काएर एक-अर्कालाई मिठाई खुवाइ बधाई दिएका छन्। भाजपा मण्डलका सदस्यहरूले नक्सलबारीमा एउटा जुलूस पनि निकाले। उक्त जुलूसमा भाजपा विधायक आनन्दमय बर्मन पनि सहभागी भए। विधायक आनन्दमय बर्मनले भने, “दिल्लीका जनताले भ्रष्ट आम आदमी पार्टीलाई सत्ता बाहिर गरिदिएका छन्। अर्को वर्ष बंगालमा पनि भाजपाले सत्ता हत्याउने छ। यस जीतपछि मुख्यमन्त्री ममता ब्यानर्जीको मनमा डर उत्पन्न भएको छ।”