दिल्लीमा दार्जिलिङको दोहोरो महिला हत्याकाण्डका 5 जना आरोपी पक्राउ

नयाँ दिल्ली : दिल्लीको जङपुरामा गत 15 नोभेम्बरको दिन भएको दार्जिलिङका दुईजना महिलाको हत्याकाण्डमा संलग्न रहेका 5 जना आरोपीलाई दिल्ली पुलिसले त्वरित कार्वाही गर्दै पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार सीसीटीभी फुटेज मार्फत् छानबीन गर्दा यी पाँचजना व्यक्तिहरू क्रमैले प्रशान्त, सचिन, अनिकेत, रमेश र धनानञ्जयलाई पक्राउ गरेको हो। पक्रा पर्नेहरूमध्ये सचिन सक्सेनाले 2 वर्ष अघि उक्त कोठीमा काम गर्थे भने हाल तिनले कोठीमा काम गर्न छोडेका थिए। काम गरेको समयमा उक्त कोठीमा धेरै रुपियाँ, धन-सम्पत्ति रहेको थाहा पाएपछि नै तिनले चोरी गर्ने योजना बनाएका थिए। चोरी गर्न आएको समय कोठीमा काम गर्ने दुईजना महिला मिना राई, उजालाले तिनीहरूलाई रोक्ने प्रयास गर्दा नै तिनहरूको हत्या गरेको थाहा लागेको छ। पक्रा परेका आरोपीहरू उक्त दिन हत्याकाण्ड भएको कोठी (भवन)-मा लुटपाट गर्ने उद्देश्यले आएका थिए। दिल्लीको दक्षिण पूर्व जिल्लाका डीसीपी ईशा पान्डेले दिएको जानकारी अनुसार हत्याकाण्डको छानबीन गर्दै जाँदा हत्याराहरूले हत्या गरेपछि मोटर साइकलमा भागेको सीसीटीभी फुटेज मार्फत् थाहा पाएपछि तिनीहरूलाई खोजी निकालिइएको बताइएको छ। तथापि, पक्रा पर्ने पाँचैजना आरोपीको कुनै पुरानो पुलिस रेकर्ड नरहेको थाहा लागेको छ। पक्रा परेका आरोपीहरूबाट पुलिसले लुटपाट गरेको नगद 90 लाख रुपियाँ सहित 7 वटा मोबाइल फोन र सीसीटीभीको डीभीआर पनि उद्धार गरेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *