दिल्लीमा गुञ्जियो गोर्खाल्यान्डको नारा, जन्तर मन्तरमा धरना

नयाँ दिल्ली: भारतीय गोर्खाहरूको दीर्घ दिनदेखिको छुट्टै राज्य गोर्खाल्यान्डको माग गर्दै गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले आज दोस्रो तथा अन्तिम दिन राजधानी दिल्लीको जन्तर मन्तरमा धरना प्रदर्शन गरे। किशोर प्रधानको नेतृत्वमा गरिएको उक्त धरना प्रदर्शन कार्यक्रममा उपस्थित गोर्खाल्यान्ड एक्टिभिस्ट समूह लगायत दिल्ली तथा एनसीआरका गोर्खाल्यान्ड समर्थकहरूले वी वान्ट गोर्खाल्यान्डको नारा पनि लगाए।


धरना प्रदर्शन चलिरहेको समय घटनास्थलमा दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रिय प्रवक्ता राजु विष्ट पनि आइपुगेका थिए। हाल संसद चलिरहेको बेला केन्द्र सरकारलाई गोर्खाल्यान्ड गठनको दबाउ सृष्टि गर्नको लागि यस समूहले जन्तर मन्तर परिसरमा धरना प्रदर्शन गरेको बताइएको छ। उक्त समुहले यसभन्दा अघि गत आइतबार 5 दिसम्बरको दिनमा पनि धरना प्रदर्शन गरेको थियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *