सिलगढी : डेङ्गुको रोकथाम गर्ने उद्देश्य लिएर सिलगढी नगरनिगमको तर्फबाट आज सचेतनतामूलक पदयात्राको आयोजना गरियो। गत वर्ष जस्तै यस वर्ष पनि डेङ्गुले भयावह रूप नलियोस् भन्ने उद्देश्यले सिलगढी नगरनिगमले अग्रिम तयारी गरिसकेको छ। आज सिलगढी नगरनिगमको 2 नम्बर बोरो अन्तर्गत इलाकामा सचेतनतामूलक पदयात्राको आयोजना गरेर साधारण मानिसहरूलाई डेङ्गबारे जागरूक पनि गराइयो। यसको साथै विभिन्न इलाकामा स्प्रे गरियो। यस अवसरमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद् मानिक दे, दुलाल दत्त लगायत 12 नम्बर वार्डका काउन्सिलर बासुदेव घोष एवम् अन्य उपस्थित थिए।
