कुचबिहार : लगभग डेढ सय मिटर लामो तिरंगा झण्डा लिएर अखिल भारतीय विद्यार्थी परिषद्ले आज कुचबिहारमा एउटा र्यालीको आयोजना गर्यो। कुचबिहारको पुन्डीबारी इलाकामा अखिल भारतीय विद्यार्थी परिषद्को तर्फबाट आज स्वाधीनताको 75औँ वर्षको अवसरमा आजादीको अमृत महोत्सव पालन गर्दै र्याली निकालेको हो। पुन्डीबारी सारदा नगरबाट तिरंगा र्याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्यालीमा कुचबिहार उत्तर विधानसभा केन्द्रका विधायक सुकुमार राय लगायत अन्य उपस्थित थिए।