देशी कट्टा र एक राउण्ड जिउँदो कार्तूससहित सिलगढी जंक्शनबाट युवक पक्राउ

सिलगढी: प्रधान नगर थाना पुलिसले गत राति सिलगढी जंक्शनबाट घुमिरहेको अवस्थामा एकजना युवकलाई देशी कट्टा (पिस्तोल) अनि एक राउण्ड जिउँदो कार्तूससहित पक्राउ गरेको छ। पक्रा पर्ने युवक इस्लामपुरको गुजरिया बजार निवासी रेहान आलम (20)को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्र अनुसार आरोपी रेहान आलम इस्लामपुरबाट देशी कट्टासहित सिलगढी आएपछि कुनै ठूलो घटनालाई अञ्जाम दिने उद्देश्यले जंक्शनको बीडी मार्केटमा घुमिरहेका थिए। यस अवधि रेहानले बीडी मार्केटका केही व्यवसायीहरूलाई हतियार देखाएर धम्की दिँदै रूपियाँ मागेको पनि आरोप रहेको छ। तथापि कुनै ठूलो घटना हुन अगावै प्रधान नगर थानाको पुलिस सादा पोशाकमा जंक्शन पुगेर रेहानलाई पक्राउ गरेको बताइएको छ। यसपछि पुलिसले आरोपी रेहानमाथि गैरकानूनी रूपमा हतियार राखेको आरोपमा मामिला दर्ता गरेर आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *