देशी रम-रक्सी सहित एकजना पक्राउ

सिलगढी: भक्ति नगर थाना पुलिसले सिलगढी सेभोक रोडस्थित 2 माइलको एउटा होटलमा अभियान चलाएर 11 लिटर देशी रम-रक्सी उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सिलगढीको 44 नम्बर वार्डको दशरथ पल्ली निवासी 31 वर्षीय लक्षण कर्मकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त व्यक्तिले खानाको होटलमा अवैध रूपमा देशी रम-रक्सी बेच्ने गरेको गोप्य सुइँको पाएपछि उक्त होटलमा अभियान चलाएर धेरै मात्रामा रम-रक्सी उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *