खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत पर्ने बिन्नाबारी अञ्चल तृणमूल कङ्ग्रेसको तर्फबाट आज देवीगञ्जमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना युवा कार्यकर्ताहरू तथा अन्यले रक्तदान गरे भने रक्तदान गर्नेहरूलाई प्रमाण पत्रसहित रुखको विरुवा पनि प्रदान गरियो। रक्तदान शिविरको ब्लड मोबाइल वाहनमै आयोजना गरिएको थियो। अञ्चल अध्यक्ष सागर मालाकारले बताएअनुसार कोरोना महामारीको समयमा रगतको कमी देखापरेकोले गर्दा आज रक्तदान शिविरको आयोजना गरिएको साथै शिविरमा संग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाइनेछ।

यस अवसरमा तृणमूल कङ्ग्रेस पार्टीका खोरीबारी खण्ड चेयरम्यान वासुदेव राय, खण्ड अध्यक्ष हीरनमय राय, खण्ड महिला अध्यक्ष पपी साहा, माइनोरिटी अध्यक्ष नसीम खान, खण्ड युवा अध्यक्ष किशोरी मोहन सिंह, अञ्चल अध्यक्ष सागर मालाकार, वेणु पण्डित, नारायण चौधरी, ललित बर्मन, प्रमोद प्रसाद, सुशील घोष, अरुण घोष, बैधनाथ राय, रेशमा बेगम लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।
