सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत धजे बस्ती खासमहल एमएसके भवनमा आज कोरोनाको खोप लगाइयो। खण्ड विकाश अधिकारी तथा खण्ड स्वास्थ्य केन्द्रको विशेष पहलमा सम्पन्न यस शिविरमा स्वास्थ्य कर्मी, डाटा कलेक्सन अपरेटर, आशा कर्मी तथा अन्यको विशेष उपस्थिति थियो। एसके राईको अगुवाइमा अस्तित्व यूथ क्लबद्वारा आयोजना गरिएको यस शिविरको निरीक्षण गर्न पोख्रेबुङ ग्राम पञ्चायत तीनका ईए अनि पञ्चायत कर्मी, खण्ड विकाश अधिकारी सामिरूल ईस्लाम, खण्ड विकाश कार्यालयका कर्मचारी, खण्ड स्वास्थ्य अधिकारी बुद्धदेव विश्वास तथा पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी आदिको उपस्थिति रहेको थियो। विशेष गरेर शारीरिक विकलाङ्ग,पाको उमेरका नागरिक, रोगी तथा आमाहरूको निम्ति राखिएको यस शिविरमा 300 जनालाई कोरोनाको भ्याक्सिन लगाइयो।
