ढाकामा आयोजित बङ्गमैत्री इन्टरनेशनल योगा कप प्रतियोगितामा सिलगढीकी चन्द्रा मल्लिकले जितिन् स्वर्ण पदक

सिलगढी : बङ्ग्लादेशको ढाकामा आयोजित दोस्रो बङ्गमैत्री अन्तर्राष्ट्रिय आमन्त्रण योगा कप प्रतियोगितामा चन्द्रा मल्लिकले स्वर्ण पदक जितेर सिलगढीको नाम उच्च पारेको छ। चन्द्रा आज बङ्ग्लादेशबाट सिलगढी आफ्नो घर फर्किन्। तिनी सिलगढी नगरनिगमको 30 नम्बर वार्डको दक्षिण देशबन्धुपा इलाका निवासी हुन्। आज तिनी घर फर्किआएपछि परिवारका सदस्यहरूले तिनलाई स्वागत जनाए। प्राप्त जानकारी अनुसार दोस्रो बङ्गमैत्री अन्तर्राष्ट्रिय आमन्त्रण योगा कप यसै महीना 5 र 6 मईमा बङ्ग्लादेशको ढाकास्थित बङ्गबन्धु स्टेडियममा सम्पन्न भयो। उक्त योगा प्रतियोगितामा भारत र बङ्ग्लादेशका मोठ 450 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। जसमा भारतका 150 जना खेलाडीहरू सामेल थिए। उक्त प्रतियोगिता चारवटा विभागमा खेलाइयो। यस प्रतियोगितामा सिलगढीबाट 7 जनाले अंश ग्रहण गरेको थियो जसमा चन्द्रा मल्लिक र ज्वेल रायले स्वर्ण पदक जितेर सिलगढी सहरको नाम उच्च पारेको छ। स्वर्ण पदक विजेता चन्द्रा मल्लिकले बताएअनुसार यो निक्कै कठिन थियो। यसमा परिवार तथा योग गुरुहरूले आफूलाई निक्कै सहयोग गरे। शरीर, स्वास्थ्य र मनलाई राम्रो बनाइ राख्नको लागि योग गर्ने तिनले सन्देश दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *