ढल्नै लागेको घरमा एक्लै दिन-रात बिताउन बाध्य छन् सोनादाको नाली चाउर पचास बिघा बस्ती निवासी प्रणय पोख्रेल

सोनादा (निसं) : जीर्ण अवस्थामा पुगेर हाल ढल्नै लागेको घरमा एक्लै बस्न बाध्य छन् दार्जिलिङ जिल्लाको सोनादा नाली चाउरस्थित पचास बिघा बस्ती निवासी प्रणय पोख्रेल। तथापि, जीटीए व्यवस्था, कुनै पनि राजनैतिक पार्टीका नेता, खस बोर्ड, पञ्चायत लगायत सम्बन्धित निकायको आखाँ अझसम्म पुग्न सकेको छैन प्रणयको ढल्नै लागेको घरमाथि।  आमा सानैमा बेपत्ता भएको अनि पिता पनि 2012 मै बितेपछि अहिले उनी एक्लै झुप्रो घरमा बसेर गरिबीका दिनहरू बिताउन वाध्य छन्। सबैजसो मानिसहरूको घर बनियो तर प्रणय पोख्रेलको घर बनाई दिनलाई सरकार, स्थानीय प्रशासनिक व्यवस्था, राजनैतिक पार्टी, विकास बोर्ड कसै-कसैले पनि महत्वपूर्ण ठानेनन्। उनी अहिले भत्किसकेको एउटा सानो झुप्रो घरमा बस्छन्, जसको खम्बाहरू पनि मक्किसकेका छन् अनि कुनै पनि समय घर ढल्न सक्ने अवस्थामा पुगिसकेको स्पष्ट देखिन्छ। प्रणय पोख्रेलले आफ्नो घर निर्माणको लागि यता-उता, चारैतिर गुहार नलगाएको पनि होइन। तर तिनको कुरा सुन्ने चहीं अहिलेसम्म केही निक्लेका छैनन्। प्रणय पोख्रेलले आफ्नो घर बनाइ माग्नको लागि राजनैतिक पार्टीहरू लगायत नेताहरू, पञ्चायत, जीटीए व्यवस्था, सरकार र खस विकास बोर्डलाई गुहार मागे कै हुन् तर कसैले पनि तिनको घर बनाउनलाई पहल नगरिदिएको पोख्रेलको दु:खेसो छ।


तिनले विभिन्न प्रकारले विभिन्न ठाउँहरूमा घर बनाइदिने बारे निवेदन गर्दै कागज पत्रहरू बुझाएकै हुन् तर अहिलेसम्म पनि कसैले बनाई नदिएको तिनको भनाई रहेको छ। सबैले घर आउँछ मात्र भन्छ तर वर्षौं बितेर गए पनि घर आएन भन्दै गुनासो पोख्छन्, कहिले काहीं एक्लै फत्फताउँछन् प्रणय पोख्रेल। खस बोर्डलाई पनि तिनले घर बनाइदिने बारे धेरै पल्ट निवेदन गरेकै हो तर कसैले पनि तिनको गरिबीलाई टेर पुच्छर नलगाएको तिनको आरोप रहेको छ। हाल घर ढल्ने अवस्थामा पुगेको तर केवल 6 वटा च्यादर दिने अनि पञ्चायतबाट केवल तारपोलिन दिएर टार्ने काम मात्र गरेको बताउँछन् पिडित प्रणय पोख्रेल। एकपल्ट फेरि मिडिया सामु आएर आफु एक्लै बस्दै आएको प्रणयले आफुसित रूपियाँ- पैसा नभएकोले विभिन्न राजनैतिक पार्टी अनि नेताहरू, जीटीए, पञ्चायत, खस विकास बोर्ड लगायत सम्बन्धित सबै समक्ष अपिल गर्दै आफ्नो ढल्नै लागेको घर बनाई दिने आग्रह गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom giriş