धेरै दिनदेखि बन्द रहेको सिडर्स, मुण्डाकोठी बाँसघारी चियाकमानको बाटो पुनः सुचारू

सोनादा : धेरै दिनदेखि बन्द अवस्थामा रहेको सिडर्स अनि मुण्डाकोठी बाँसघारी चियाकमानको बाटो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रिय सदस्य एवम् रङ्गबुल धोतरिया रङ्गमुक समष्टिका समन्वयक राजेश चौहानको पहलमा आजदेखि पुनः यातायात शुरू भएको छ। गत वर्षाको समय पैह्रो गएर सिडर्स अनि मुण्डाकोठी बाँसघारी चियाबगानमाझ यातायात सेवा बाधित रहेकोले स्थानीय गाउँलेहरूले सम्बन्धित विभागलाई अवगत गराए तापनि कुनै पहल नगरेपछि भागोप्रमोका अध्यक्ष अनित थापा अनि केन्द्रिय सदस्य राजेश चौहानलाई बिन्ती चढाएका थिए। यसको दुई दिनको अवधिमै आजदेखि जेसिभीको सहयोगमा बाटोमा थुप्रिएको पैह्रो हटाएर यातायात पुनः शुरू गरिदिएकोले स्थानीय मानिसहरूले राहतको श्वास फेरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *