सिलगढी : सिलगढी मेट्रोपलिटनको प्रधान नगर थाना पुलिसले धेरै मात्रामा गाँजा सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति माथाभाङ्गा निवासी सुशान्तो सरकारको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार सुशान्तो सरकारले माथाभाङ्गाबाट एउटा ब्यागमा धेरै मात्रामा गाँजा ल्याएर हिजो सिलगढी आइपुगेपछि यहाँको जङ्क्सनमा ओर्लिएर गाँजा बिक्री गर्नको लागि यताउता घुमिरहेको समय ट्राफिक गार्डलाई सन्देह लागेर उक्त व्यक्तिलाई हिरासतमा लिए। यसपछि प्रधान नगर थानालाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर तिनको ब्यागको छानबीन गर्दा 6 किलो 600 ग्राम गाँजा उद्धार गर्नको साथै उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।
