धेरै मात्रामा नशालु ट्याबलेट सहित युवक पक्राउ

अलीपुरद्वार, 26 अगस्त (निसं): पुलिसले धेरै मात्रामा नशालु ट्याबलेट सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम रोहित मिर्धा हो। तिनी मेचपाडा इलाका निवासी बताइएको छ। गोप्य सूत्रको आधारमा पुलिसले अलीपुरद्वार जिल्लाको मेन्दाबाडी इलाकामा अभियान चलाएर नशालु ट्याबलेट सहित उक्त युवकलाई पक्राउ गऱ्यो। पक्रा पर्ने युवकको नशालु ट्याबलेट तस्करी गर्ने योजना रहेको थियो। आज तिनलाई अलीपुरद्वार अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *