सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसले प्रतिबन्धित पटेकाविरुद्ध अभियान चलाइरहेको छ। एनजेपी थाना पुलिसले हिजो सिलगढीको दक्षिण शान्तिनगरको विनय मोड, गोपाल मोड संलग्न केही दोकानहरूमा अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित पटेका जफत गरेको छ। यसको साथै प्रदीप सरकार र अरूप रायलाई पक्राउ गरेको छ। पक्रा परेका दुईजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो।