खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको ए कम्पनी पानीटङ्की बीओपीका जवानहरूले धेरै मात्रामा सुपारी जफत गर्नको साथै एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एसएसबीका जवानहरूले एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा 90 ब्याग सुपारी उद्धार गरेको छ। उक्त सुपारी नेपालबाट अवैध रूपमा नक्सलबारी हुँदै धुपगढी लैजाने योजना रहेको बताइएको छ। एसएसबीद्वारा आवश्यक कार्वाहीपछि जफत गरेको सुपारी बोकेको पिकअप भ्यानसहित पक्राउ गरेको व्यक्तिलाई पानीट्याङ्की कस्टमलाई सुम्पिदिएको छ।