धेरै मात्रामा नशालु इन्जेक्शन सहित 2 जना मतिगढाबाट पक्राउ

सिलगढी (निसं) : सिलगढीको मतिगढी थाना पुलिसले सादा पोशाकमा दुई जनालाई नशालु इन्जेक्शन सहित पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अभिजीत राय (22) र ज्योति राय (33) सामेल छन्। पक्रा पर्ने दुवै आरोपी मतिगढाको न्यू रोंगिया निवासी रहेको बताइएको छ। पुलिसले तिनीहरूबाट धेरै मात्रामा नशालु इन्जेक्शन उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार अभिजीत र ज्योतिले स्कूटीको डिक्कीमा हालेर नशालु इन्जेक्शन बिक्री गर्ने उद्देश्य लिएर अट्टारहखाई मैदानमा पुगेका थिए। यसबारे गोप्य खबर पाएपछि मतिगढाको पुलिस सादा पोशाकमा घटनास्थलमा पुगेर अभियान चलाए अनि यसपछि दुवैलाई पक्राउ गरेको बताइएको छ। आरोपीहरूको स्कूटीको डिक्कीबाट पुलिसले 126 वटा नशालु इन्जेक्शन उद्धार गरेको छ। पुलिसले दुवै आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले मामिलाको जाँच गरिरहेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *