डीआई फण्ड क्षेत्रलाई भूमि अनि भूमि सुधार विभागमा अन्तर्भुक्त गर्ने मागमा सांसद शान्ता छेत्रीसित भेट

मिरिक: सुकेपोखरी खण्डको डीआइ फण्ड क्षेत्रलाई भूमि अनि भूमि सुधार विभागमा अन्तर्भुक्त गर्नुपर्ने मागमा सुकेपोखरी खण्ड डीआइ फण्ड ल्याण्ड सेटलमेन्ट कमिटीका महासचिव मदन राज तामाङ लगायतका एउटा प्रतिनिधि टोलीका सदस्यहरूले राज्य सभा सांसद शान्ता छेत्रीसित भेटघाट गरेका छन्। भेटघाटको क्रममा जोरबङ्लो सुकिया पोखरी डीआइ फण्ड क्षेत्रलाई भूमि अनि भूमि सुधारभित्र अन्तर्भुक्त गरिने विषयमा कमिटीको विचारधारामाथि चर्चा गर्दै समाधानको लागि पहल अघि बढाइदिने टोलीले अनुरोध गरेको महासचिव मदन राज तामाङले बताए। तिनले आफुहरूको मागलाई सांसद श्रीमती क्षेत्रीले गम्भीरतापूर्वक लिएको बताए । तिनले भेटघाट पछि भने, हामी राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जी प्रति आशावादी छौं । वर्ष 2021 अघि नै डीआइ फण्ड एरियाको समस्या समाधान गरिदिने कुरामा आफुहरु आशावादी रहेको पनि तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *