सिलगढी, 25 अक्टोबरः दीपावलीको समयमा ध्वनि प्रदूषण र वायु प्रदूषण रोक्नका लागि भारतीय चिकित्सा संघ र हिमालयन नेचर एन्ड एडभेन्चर फाउन्डेशनले पहल गरेका छन्। यी दुई संस्थाको तर्फबाट आज पत्रकार सम्मेलन आयोजना गरेर ध्वनि प्रदूषण रोक्नका लागि भारतीय चिकित्सा संघ र हिमालयन नेचर र एडभेन्चर फाउन्डेशनको संयुक्त पहलमा आगामी आइतबार सिलगढी शहरमा कञ्चनजङ्घा स्टेडियमबाट एउटा रैली निकालिइने भएको बताइएको छ। उक्त रैलीमा जनतालाई सचेत गराइनेछ।
आजको पत्रकार सम्मेलनमा भारतीय चिकित्सा संघका सचिव शंख सेन र हिमालयन नेचर एन्ड एड्भेन्चर फाउन्डेशनका सचिव दीपनारायण तालुकदार, कार्यक्रम समन्वयक अनिमेष बोस लगायत अन्य सदस्य उपस्थित थिए।
North Bengal, Siliguri, Uncategorized
दीपावलीमा ध्वनि प्रदूषण रोक्न सिलगढीमा आइतबार सचेतना रैली निकालिइने
25
Oct
Oct