बिजनबारी : गत 14 मार्चको दिन बिजनबारी नजिक रेलिङ फोर जिरो निवासी रविन गुरुङको धर्मपत्नी चित्रकलाको जघन्य हत्या भएको थियो। हत्यारालाई पुलिसले पक्राउ गरेर जेल पठाइएको छ भने आँउदो सुनवाईमा हत्यारालाई कड़ा भन्दा कड़ा कानुनी सजाय पाएको हुनु पर्छ भन्ने अपिल परिवार पक्षसितै हत्याराका आमाले पनि गरेको छ।
यसको साथै बिजनबारी वरीपरीका सम्पूर्ण सङ्घ-संस्थाहरुद्वारा हस्ताक्षरित अपिल पत्र पनि जिल्ला अदालतका सरकारी उकिल प्रणय राईलाई बुझाए पछि तिनले दिवङ्गत चित्रकलाले न्याय पाउने आश्वासन दिएको तिनका लोग्ने रबिन गुरुङले आज पत्रकारहरूलाई जनाएका छन्।