डीके श्रेष्ठ स्मृति साहित्य पुरस्कार मदन ओझालाई प्रदान गरिने

सुकेपोखरी: स्रष्टा परिवार नागरी फार्मको आयोजना तथा श्रेष्ठ परिवारको प्रायोजनमा विगत 2017 देखि वर्षेनी प्रदान गरिने साहित्यकार डीके श्रेष्ठ स्मृति साहित्य पुरस्कार यस वर्ष वरिष्ठ कवि मदन ओझालाई प्रदान गरिने निर्णय लिइएको छ। मगरजोङ चियाबारी बाहुन गाउँ निवासी भारतीय नेपाली साहित्यका वरिष्ठ कवि ओझालाई आगामी 9 फरवरीको दिन नागरी फार्ममा हुने एउटा भव्य साहित्यिक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिने स्रष्टा परिवारका अतिरिक्त सचिव शरद सुब्बाले बताएका छन् । डीके श्रेष्ठ स्मृति साहित्य पुरस्कारमा पुरस्कार राशी 25 हजार रुपियाँ, अङ्ग बस्त्र, प्रशस्ती पत्र साथै स्मृति चिन्ह समावेश रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *