दोब्बर गाडी भाडा नलिइदिने गोजमुमो उपाध्यक्ष सतिश पोखरेलको अपील

बिजनबारी: जीटिए क्षेत्रमा पुलिस प्रशासनले अघिबाटै दोब्बर गाडी भाडा नउठाईदिने घोषणा गरिसके तापनि कतिपय ठाउँहरुका मानिसहरुले यस्ता थुप्रै समस्या भोगिरहेका छन्। उक्त बिषय लिएर आज गोजमुमो उपाध्यक्ष सतिश पोखरेलले गत मार्च महिना अघि गाडीको भाडा जति थियो त्यहि नै यथावत् राखिदिने गाडी चालक एवम् गाडी मालिकहरुलाई अनुरोध गरेका छन् । यदि कुनै प्रकारको समस्या भए त्यसको समाधान पनि गरिदिने तिनले बचन दिएका छन् । यदि कसैले पनि गाडीको भाडा दोब्बर उठाएको थाहा पाए तिनीहरु बिरुद्ध जनता लिएर सडकमा ओर्लिइने तिनले बताए। यो महामारीको समयमा सम्पूर्ण चालक, मालिक साथै गाडी सेन्डिकेटहरुले साथ दिउन् भनी तिनले अपिल गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş