दार्जिलिङ : दार्जिलिङका प्रख्यात स्त्रीरोग विशेषज्ञ डाक्टर समिर शर्माले हिजो युमा अस्पतालमा फेन्सिटार रिम्बिक निवासी चन्द्रकुमारी लिम्बुको पेटबाट अप्रेसन गरेर सफलतापूर्वक 7 किलोग्रामको ट्युमर निकाले। 40 वर्षीय चन्द्रकुमारी लिम्बुको हाल युमा अस्पतालमा उपचार चलिरहेको छ। स्मरण रहोस्, डाक्टर समिर शर्माले यसभन्दा अघि पनि थुप्रै बिरामीहरूको सफलतापूर्वक अप्रेसन गरेर महिलाहरूको पेटबाट ट्युमर निकाल्न सक्षम भएका छन्।