खोरीबारी : एसएसबी 41औँ बटालियनको पानीट्याङ्की बीओपीका बीआईटी जवानहरूले दोहोरो नागरिकता राखेको आरोपमा नेपालबाट आएकी दुईजना महिलालाई पक्राउ गरेको छ। पक्रा परेका महिलाहरू प्रवीणा लिम्बू र दीपा थलाङ्ग सामेल छन्। प्राप्त जानकारी अनुसार नेपालबाट आएकी यी दुईजना महिलालाई एसएसबी पानीट्याङ्की बीओपीका बीआईटी जवानहरूले रोकेर सोधखोज गर्नको साथै चेकिङ अवधि नेपाल र भारतको पासपोर्ट उद्धार गरेको बताइएको छ। यसपछि दुवै महिलालाई दोहोरो नागरिकता राखेको आरोपमा पक्राउ गरेपछि एसएसबीद्वारा आवश्यक कार्वाहीपछि ती दुवै महिलालाई खोरीबारी थानालाई सुम्पिदिएको छ। पक्रा परेका दुवै महिलालाई आज सिलगढी अदालतमा पेश गरियो।