दोकानमा अभियान चलाएर लाखौँ रुपियाँको काठ उद्धार

सिलगढी : दोकानमा अवैध काठ प्रयोग गरेर समानहरू तयार गरिरहेको थियो। बैकुण्ठपुर डिभिजनको डाबग्राम रेञ्जले आज उक्त दोकानमा अभियान चलाएर लाखौँ रुपियाँको काठ उद्धार गरेको छ। आज हातियाडाङ्गा नजिक रहेको एउटा दोकानमा वन विभागका अधिकारीहरूले अभियान चलाएर लाखौँ रुपियाँको काठ उद्धार गरेको छ। उक्त दोकानमा अवैध काठ ल्याउने गरेको साथै दोकान मालिकले यसको वैध कागजपत्र देखाउन नसकेपछि वन विभागले लाखौँ रुपियाँको अवैध काठ उद्धार गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *