डुवर्समा महिलाहरूद्वारा हरितालिका तीज पालन

नगरकट्टा : डुवर्सको बाग्राकोट, मालबजार, मटेली, नगरकट्टा, बानरहाट, वीरपाड़ा लगायत अन्य ठाउँहरूमा महिलाहरूले आफ्नो लोग्नेको दीर्घायुको कामना लगायत परिवारमा सुख समृद्धिको लागि श्रद्धा एवम् विश्वासको साथमा आज पारम्परिक रूपमा हरितालिका तीज मनायो। कोरोना महामारीको कारण महिला तथा युवतीहरूले उक्त पर्व साधारण रूपमा पालन गरेको देखियो। जलढाका नदी, डायना नदीमा महिलाहरूले भगवान शिवको आरधाना गरे भने केही महिलाहरूले घरमै साधारण रूपमा तीज पर्व मनाए। तथापि, यसपल्ट नदीमा हरितालिका तीज पर्व पालन गर्ने महिलाहरूको संख्या कम्ती रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *