डा. गोकुल सिन्हाकृत दुई कृतिहरू ‘ज्ञ-देखि अ-सम्म’ र ‘भाषा भास्कर’ लोकार्पित

खरसाङ : डा. गोकुल सिन्हाकृत दुई कृतिहरू ‘ज्ञ-देखि अ-सम्म’ (समीक्षाहरू) अनि भाषामाथि लेखिएका विविध लेखहरूको सङ्ग्रह ‘भाषा भास्कर’ सालबारीको ट्वीन्स द क्याँफे पुस्तक पसलमा एक कार्यक्रमबीच लोकार्पण गरियो। समारोहका मुख्य अतिथिको रूपमा गौड़बङ्ग विश्वविद्यालय, मालदाका उपकुलपति डा. शान्ति छेत्री, विशिष्ट अतिथिद्वयका रूपमा प्रसिद्ध उपन्यासकार तथा विशिष्ट साहित्यकार, आध्यात्मिक चिन्तक कृष्णसिंह मोक्तान अनि नेपाली साहित्यका विभूति, संस्मरणका ढिकुटी मानिने विशिष्ट व्यक्तित्व नरबहादुर दाहाल उपस्थित थिए। देविका मङ्ग्राती राईद्वारा सञ्चालन गरिएको यस समारोहमा स्वागत भाषण गौड़बङ्ग विश्वविद्यालयका प्राध्यापक प्रवीण कार्कीले राखेका थिए। कृतिकारको परिचय उद्घोषिका देविका मंग्राती राईले राखिन्। 15 दिसम्बर 1940 मा महारानी डिभिजन, मार्ग्रेरेट्होप चिया बगान दार्जीलिङमा जन्म ग्रहण गरेका डा. गोकुल सिन्हा नेपाली साहित्यमा अति आदरसित लिइने नाम हो। श्रीमती मंग्रातीले डा. सिन्हाको शिक्षादीक्षा, जागीरे जीवनदेखि साहित्यिक अवदानहरूको विस्तृत चर्चा राखिन्। यस अवसरमा कृति ‘ज्ञ-देखि अ-सम्म’-को समीक्षा गर्दै डा. मोहन पी. दाहालले डा. सिन्हालाई थाक्दै नथाक्ने रङबुलको छोरो भन्दै कृतिको लेखाजोखा गरे। तिनले यस कृतिमा डा. सिन्हाले अठाह्रजना व्यक्तित्वको कैरन प्रस्तुत गरेका छन्। तिनले यस कृतिमा अझ दुईजना विभूतिहरू जोड़िनुपर्ने कुरा गरे ती विभूतिहरू हुन् गणेशलाल सुब्बा अनि डा. गकूल सिन्हा। कृतिलाई समीक्षात्मक रूपमा अवलोकन गर्दै पत्रकार-लेखक सचिन चामलिङले ‘भाषा र भास्कर’ कृतिभित्रका कुराहरूको चर्चा राखे। उनले भाषा विषयमा खुबै ओजपूर्ण कृति पाठकले पाएका कुरा बताए। यो पुस्तकको शीर्षक पनि उपयुक्त रहेको छ भनी बताए। यस अवसरमा कृतिकार डा. गोकुल सिन्हाले आफ्ना कुराहरू राखे। तिनले पुस्तक प्रकाशनको निम्ति सहयोग गर्ने र सम्बन्धित सबै सबैलाई सम्झनामा राख्दै कृतज्ञता ज्ञापन गरे। तिनले यो पुस्तक पाइन्स प्रकाशनबाट प्रकाशित गरिएको कुरा बताए। मुख्य अतिथि डा. शान्ति छेत्रीले आफ्नो सम्भाषणमा डा. सिन्हाले 82 वर्षको उमेरमा यति बहुमूल्य कृतिहरू दिनुभएकोमा खुशी व्यक्त गर्दै तिनीबाट भविष्यमा अझ अरू कृतिहरू जन्मँदै जाओस् भनी शुभकामना व्यक्त गरे। भारतीय नेपाली साहित्यलाई नेपालको साहित्यसित दाँजेर हेर्दा गुणात्मक रूपमा कमी नरहेको कुरा तिनले बताए। विशिष्ट अतिथि साहित्यकार कृष्णसिंह मोक्तानले आफ्नो सम्भाषणमा भने, आजको यो सभा एउटा साहित्यिक सेमिनार नै भएको छ। तिनले डा. सिन्हा म भन्दा दश वर्ष कान्छो थिए उमेरले र हेर्दा हेर्दै रङबूलका यी साहित्य साधक अहिले समाज र जातिको मणि बन्नुभएको छ भनी बताए। गोकुल सिन्हाको साहित्यप्रतिको समर्पण देख्दा खुशी लाग्छ र उनीबाट भविष्यमा पनि यसरी नै उम्दा कृतिहरू पाउने हामी आशा गर्दछौं भनी तिनले बताए। अर्का विशिष्ट अतिथि विशिष्ट साहित्यकार नरबहादुर दाहालले पनि कृतिकारबारे कुराहरू राखे। तिनले डा. गोकुल सिन्हालाई श्रीखण्ड हुन भनी बताए। तिनले भने, साहित्यकारहरूले भूमिका, सम्पादन र अरू विविध प्रकारले तपाईंलाई घोटेर टिका निधारमा चन्दनस्वरूप लगाउन पाएका छन्। डा. सिन्हाबाट भविष्यका दिनहरूमा पनि अझ अन्य कृतिहरू पाउने आशा गरे। अन्त्यमा कृतिकारका पुत्र सिक्किम विश्वमविद्यालयका प्राध्यापक डा. समर सिन्हाले सबैलाई धन्यवाद टक्राए। यस समारोहमा प्रा. डा. राजकुमारी दाहाल, प्रा. मेघनाथ छेत्री, प्रा. तेजमान बराइली, कवि ज्ञानेन्द्र खतिवड़ा, जीवनीकार जीवन लावर, शिबु छेत्री, युग्मककार कालूसिंह रनपहेंली, सुकराज दियाली, सुमित्र अविरल, सर्जक वेदिका राई, बीके राई, समाजसेवी गोपाल सेवा आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes