डा. हर्क बहादुर छेत्रीले गरे आफ्नो पदभार ग्रहण

कालेबुङ: डा. हर्क बहादुर छेत्रीले आजबाट आधिकारिक रुपमा कालेबुङ जिल्ला प्राथमिक पाठशाला परिषद अध्यक्षको पदभार ग्रहण गरे। यस अवसरमा कालेबुङ जिल्ला तृणमूल कङ्ग्रेसको तर्फबाट तिनलाई भव्य स्वागत जनाइयो । तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला समितिका नेता सुमन गुरूङले डा. हर्क बहादुर छेत्री सरले प्राथमिक शिक्षा क्षेत्रमा धेरै राम्रो काम गर्ने कुरामा आफुहरू विश्वस्त रहेको बताए। अर्कोतिर, डा• छेत्रीले आजदेखि आफुले आधिकारिक रूपमा मुख्यमन्त्रीले दिएको दायित्व सम्हालेको जानकारी गराउँदै भने, म कुनै पार्टीको होइन, सरकारले मलाई मनोनीत गरेर राखेको छ। म मेरो कार्य निष्ठापूर्वक गर्ने प्रयास गर्नेछु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *