खरसाङ: नेपालीहरूको महान पर्व विजय दशमीको ठीक तीन दिन अघि महासप्तमीको दिन आज खरसाङमा निकालिइको शोभायात्रा पछि यहाँको टाउन हलमा पुगेर एउटा कार्यक्रम सम्पन्न गरियो। खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलको प्रमुख उपस्थितिमा कोराना महामारीलाई ध्यानमा राखेर आयोजित सो कार्यक्रममा खरसाङ सूचना एवं सांस्कृतिक विभाग जीटीए अनि खरसाङ नगरपालिकाले संयुक्त रूपमा सिक्किम विश्वविद्यालय नेपाली विभागकी प्रमुख डाक्टर कविता लामालाई सम्बर्द्धना जनायो। कार्यक्रममा अन्य अतिथिहरू जीटीए बीओए सदस्या अनु प्रधान लगायत पी.सी अग्रवाल, सामाजिक कार्यकर्ता अलका दे, गोर्खा जन पुस्तकालय खरसाङका सभापति पूर्ण गुरुङ निरूपम, सचिव विनोद रसाइली साथै अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमा सूचना अनि सांस्कृतिक विभाग र खरसाङ नगरपालिकाको पक्षमा वरिष्ठ साहित्यकार एवम् सिक्किम विश्वविद्यालय नेपाली विभागकी प्रमुख डा. कविता लामालाई सम्बर्द्धना पनि जनाइएको छ।