दृष्टि सोसियल अर्गनाइजेशन-द्वारा मिरिकमा रक्तदान शिविर

मिरिक : दृष्टि सोसियल अर्गनाइजेशन मिरिकले यहाँको कृष्णनगर क्लब भवनमा रक्तदान शिविरको आयोजना गर्यो। मिरिक महकुमा कार्यालयका डीएमडीसी मृदुल श्रीमनीको आतिथ्य तथा दार्जिलिङ ब्लड ब्याङ्क, जिल्ला अस्पतालको सहयोग र मार्गदर्शनमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो।


उक्त रक्तदान शिविरमा 50 भन्दा अधिक युवावर्गले रक्तदान गरेको बताइएको छ। युवा वर्गमा रक्तदान नै जीवनदान हो भन्ने सन्देश दिँदै सेवामा अग्रसर गराउने अभिप्रायले रक्तदान शिविर आयोजना गरिएको दृष्टि सोसियल अर्गनाइजेशनका सदस्यहरूले बताए। शिविरमा रक्तदान गर्ने युवाहरूलाई प्रमाण पत्र पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş