खरसाङ : चिम्नी, देवाली, तीन माईल, चित्रे, ड्राइभर वेलफेर एसोसिएसन खरसाङ्गद्वारा आज विगतको बर्खा झरिले डाउहिल क्षेत्र बुलबुल खोलामाथिबाट पैह्रो झरेकोले मुल सडकको आधा भाग नै पुरिएकोले गाडी चलाउन ड्राइभरहरुलाई धेरै असुविधा भइरहेकोले आज सफाइ कार्य गरियो। यस अन्तर्गत डाउहिल स्कुल मैदानदेखि तीन माईल गोलाईसम्मको नाली तथा झोडाहरु सम्पूर्ण रुपमा सर-सफाई गरियो।
यस कार्यक्रमबारे जानकारी ड्राइभर एसोसिएसन वेलफेयरको तर्फबाट रोशन लामाले जानकारी गराए अनुसार सडकको आधा भागमा नै माथिबाट पैह्रो झरेर माटो र ढुङ्गाहरु झरेर आधा भाग नै ढाकेकोले गाडी चलाउन असुविधा भएकोले दुर्घटना हुने पनि सम्भावना थियो। सडक पनि क्षति हुनसक्ने अवस्था रहेकोले एसोसिएसनद्वारा आज सफाइ गरियो। गर्ने जमर्को गरेको बताए। उक्त कार्यमा 28 नम्बर समष्टिका सचिव श्याम शेर्पा अनि नगर अध्यक्ष ब्रिगेन गुरुङ र तीन माईल निवासी अवकाशप्राप्त फरेस्ट अधिकारी किरण लेप्चाले सहयोग गरेकोमा संगठनको तर्फबाट तिनीहरूलाई धन्यवाद दिएका छन्।