सिलगढी : देशभरिमै कोरोना भाइरसको संक्रमण बढिरहेकोले गर्दा यसको रोकथामको लागि सहरमा लकडाउन जारी रहेको छ। यसैलाई ध्यानमा राखेर राज्य सरकारले सप्ताहमा दुई दिन सम्पूर्ण लकडाउनको घोषणा गरे वापत् आज साप्ताहिक लकडाउनको दोस्रो दिन सिलगढी पुलिस कमिश्नरेटले ड्रोनको माध्यमद्वारा सहरका मानिसहरूमाथि निगरानी राखिरहेको छ। लकडाउनलाई कठोर रूपमा पालन गर्ने उद्देश्य लिएर आज बिहानैदेखि सहरको विभिन्न इलाकाहरूमा पुलिस बल तैनाथ गरिएको छ। सिलगढीको सेभोक रोड एवम् हाशमीचोकमा पुलिसले ड्रोनको माध्यमद्वारा विभिन्न इलाकाहरूको निगरानी गरिरहेको छ। ड्रोनको माध्यमद्वारा सिलगढी पुलिस कमिश्नरेटले लकडाउनको उल्लङ्घन गरेर कुनै कामबिनै घरबाट बाहिर निस्किने मानिसहरूविरुद्ध कठोर कार्वाही गरिरहेको छ।