ड्रग्स र रक्सी सेवन गर्नबाट छुटकारा बारे शिविर हुने

खरसाङ: खरसाङमा ड्रग्स सेवन र रक्सी सेवनको कुलतबाट छुटकारा गराउनको लागि एउटा क्याम्पको आयोजना गरिने भएको छ। खरसाङ रिकभरी ग्रुपको आयोजनामा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा आगामी 26 मार्चदेखि 10 अप्रेल 2022 सम्म उक्त विषयमा सेमिनार गरिएको छ। ड्रग्स सेवन र रक्सी खानेहरूलाई छुटकारा गराउनको लागि सेमिनारमा सम्बन्धित विशेषज्ञहरूद्वारा सम्भाषण तथा सचेतना गरिने खरसाङ रिकभरी ग्रुपले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *