ड्रग्स विक्रेता अफरोज अली गान्तोकको तादोङबाट पक्राउ

गान्तोक : सिक्किम पुलिसले राजधानी गान्तोकको तादोङ छेउबाट गोप्य सूचनाको आधारमा ड्रग्स बेच बिखान गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ।


पक्रा पर्ने व्यक्ति चोपडा निवासी अफरोज अलीको रूपमा चिन्हित गरिएको छ। पुलिसले उक्त व्यक्तिबाट प्रतिबन्धित 1,440 वटा क्यापसुल उद्धार गरेको छ। पुलिसले आरोपीविरुद्ध मामिला दर्ता गरेर छानबीन शुरू गरेको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *