डीएस लोहार फाउन्डेसनद्वारा मङपु अस्पताललाई बेड लगायत स्वास्थ्य सामग्रीहरू प्रदान

मङपु : मङपु अस्पताल संरक्षण समितिलाई आज डीएस लोहार फाउन्डेसनद्वारा अस्पतालमा चाहिने बेड अनि स्वास्थ्य सामग्रीहरू प्रदान गरियो। स्व. डीएस लोहारका छोरा रबीन लोहार अनि परिवारको पक्षबाट आज मङपु अस्पतालका डाक्टर अरुप घोषलाई भेटेर उक्त स्वास्थ्य सामग्रीहरू प्रदान गरियो। मङपु लगायत यसको वरिपरिका क्षेत्रमा बसोबासे गर्ने मानिसहरूको सुविधाको निम्ति मङपु अस्पताललाई स्वास्थ्य सामग्रीहरू प्रदान गरेर सहयोग पुर्‍याएकोमा डीएस लोहार फाउन्डेसनलाई सम्पूर्ण मङपुवासीको तर्फबाट अस्पताल संरक्षण समितिका संयोजक किरण पाख्रीनले धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *