दुधेवासीहरूलाई खोलाको भेलबाट बचाउन अनित थापाको पहलमा कार्य शुरू

खरसाङ : बालासन खोलामा विशेष गरेर बर्खाको समयमा आउने भेल-बाड़ीको कारण खरसाङको दुधेवासीहरूलाई खतरामा पार्ने गर्दछ। विशेष गरेर यहाँको फुलेटी लगायत तल्लो दुधे क्षेत्रलाई निक्कै असुविधामा पार्ने हुनाले यसलाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको सहयोगमा हाल जेसीबी लगाएर पानीलाई गाउँ पस्नदेखि जोगाइ दिएका छन्। जेसीबीद्वारा पानीलाई अन्य स्थानतिर लैजानको निम्ति हाल धमाधम काम भइरहेको छ। यसबारे स्थानीय सुदर्शन सुब्बाले बताए अनुसार प्रत्येक वर्ष विशेष गरी बर्खाको समयमा सम्पूर्ण दुधे क्षेत्रलाई बालासन खोलाबाट हुने खतरालाई ध्यानमा राखेर यहाँ पक्की बाँध निर्माणको निम्ति विभिन्न राजनीति दल अनि नेता तथा सम्बन्धित विभागलाई बिन्ती गरे तापनि आजसम्म कतैबाट पनि यसतर्फ पहल गरिएन। आज भागोप्रमो अध्यक्ष अनित थापाको सहयोगमा पानीलाई गाउँ पस्नदेखि जोगाउन जेसीबी लगाइ दिएकोमा तिनीप्रति सम्पूर्ण गाउँवासीको पक्षबाट तिनले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *