दुई दिनदेखि हराएको वृद्धको शव पोखरीबाट उद्धार

जलपाईगढी, 20 अगस्त (निसं): दुई दिनदेखि हराएको एकजना वृद्धको शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। आज जलपाईगढी सदर ब्लक अन्तर्गत पहाडपुर ग्राम पञ्चायतको गोमस्ता पाडास्थित एउटा पुरानो पोखरीबाट शव उद्धार गरिएको छ। मृतकका नाम निताई राय (75) हो। तिनी डेंगुआझार बजार संलग्न सुन्दरपाडा निवासी थिए। पारिवारिक सूत्र अनुसार वृद्ध गत रविवार साँझदेखि निखोज थिए। धेरै खोजबीन गर्दा पनि तिनको कुनै पत्तो लागेको थिएन। आज बिहान घरदेखि कोही टाढामा रहेको एकजना व्यक्तिले आफ्नो पोखरीमा वृद्धको शव देखे। घटनाको खबर पाउन साथ मानिसहरूको भीड लाग्यो। परिवारका सदस्यहरू घटना स्थलमा पुगेर शवलाई चिन्हित गरे।


अर्कोतिर, घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पताल पठाइदिए। कोतवाली थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet