दुईदिने दिल्ली भ्रमणबाट फर्किए मुख्यमन्त्री पीएस तामाङ

सिलगढी: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ दुईदिने नयाँ दिल्लीको आधिकारिक भ्रमणपछि आज विमानमार्फत सिलगढीको बाघडुग्रा विमान अड्डामा ओर्लिए। यस अवसरमा तिनलाई स्वागत गर्नको निम्ति मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत लगायत राज्यका अन्य केही शीर्ष पदाधिकारीहरू उपस्थित थिए। प्राप्त जानकारी अनुसार दुईदिने भ्रमण अवधि दिल्लीमा मुख्यमन्त्री पीएस तामाङले देशका उप राष्ट्रपति वेङ्कया नायडु, केन्द्रीय मन्त्री पियुस गोयल आदिसित भेट गरे भने तिनले आयुस मन्त्रालय अनि मोरारजी देसाई नेशनल इन्सटीट्युट अफ् योगाको आयोजनामा सम्पन्न योगा महोत्सव 2022 को उद्घाटन कार्यक्रममा अंश ग्रहण गरे। यसैगरी, प्राप्त जानकारी अनुसार मुख्यमन्त्री तामाङले दिल्लीमा रहेका सिक्किमका बिरामी तथा तिनका परिवारका सदस्यहरूसित पनि भेट गरेर तिनीहरूको विविध विषयमा जानकारी लिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *