गान्तोक : पूर्व सिक्किमको रानीपुलस्थित सरमसामा आयोजित दुई दिवसीय चासोक तङ्नाम 2020 समारोहको आज समापन गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री पीएस गोले परेवाको जोडी उडाएर कार्यक्रमको शुरूआत गरियो। उक्त कार्यक्रममा मुख्यमन्त्री गोलेले चासोक तङनामको दिन सिक्किममा आउँदो 2021-देखि सरकारी विदाको घोषणा गरे। यस अवसरमा राज्यका स्वास्थ्य विभागका मन्त्री डा. एमके शर्मा, लोकसभा सांसद इन्द्रहाङ सुब्बा, मन्त्री भीमहाङ लिम्बु, नाम्चेबुङ समष्टिका विधायक एम प्रसाद शर्मा, मार्ताम रुम्तेक क्षेत्रका विधायक सोनाम छिरिङ भेञ्चुङपा, रिनाक समष्टिका विधायक विष्णुप्रसाद खतिवड़ा, मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ, विभिन्न विभागका अध्यक्ष, सल्लाहकार, विभिन्न ठाउँहरूबाट आएका फेदाङबा लगायत साधारण मानिसहरू व्यापक रूपमा उपस्थित थिए।