दुई किस्ता बोनसको विरोधमा हिल जोइण्ट फोरम सडकमा ओर्लिने

दार्जिलिङ : चियाबारीको पुजा बोनस दुई किस्तामा दिनेको विरोधमा हिल जोइण्ट फोरमले आगामी 25 सेप्टेम्बरको दिन भावी कार्यक्रमको खुलासा गर्ने भएको छ। दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टीको कार्यालयमा आज सम्पन्न हिल जोइण्ट फोरमको सभामा पहाडको 7 वटा श्रमिक संगठनहरूका नेतृत्वहरू उपस्थित थिए। दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले 21 सेप्टेम्बरको बैठकमा केही न केही खिचडी पाक्छ भन्ने आफुहरूलाई थाहा भएर नै हिल जोइण्ट फोरमले उक्त बैठकमा अंश ग्रहण नगर्ने निर्णय लिएको अवगत गराए। तिनले बताए अनुसार गत केही सालदेखि पहाडको चिया श्रमिकहरूले पुजा बोनस किस्तामा पाउँदै आइरहेको छ। त्यसकारण गत वर्ष सिलगढीमा भएको त्रिपक्षीय बैठकमा सरकार पक्षले अबउसो पहाडको चिया श्रमिकहरूले किस्तामा पुजा बोनस पाउने छैन भनेर अधिसूचना जारी गरेको थियो तर हिज सिलगढीको बैठकमा सरकारले जारी गरेको अधिसूचनालाई सरकारी पक्षले नै उल्लंघन गर्दै दसै अघि 15 प्रतिशत अनि दिसम्बर महिनामा 5 प्रतिशत पुजा बोनस दिइने अधिसूचना जारी गरेको अध्यक्ष गुरूङले बताए। सरकारी पक्षबाट जारी गरिएको अधिसूचनालाई हिल जोइण्ट फोरमको सहमति नरहेको तिनले स्पष्ट रूपमा बताए। आज बसेको हिल जोइण्ट फोरमको बैठकमा सरकारद्वारा जारी गरिएको अधिसूचनासँग सहमति नभएको अनि यसको विरोधमा के -कस्तो कदम चलाउनु पर्ने हो भन्ने विषयमाथि सवै श्रमिक संगठनहरूले आ-आफ्नो केन्द्रीय कमिटीमा चर्चा-परिचर्चा गरेर 25 सेप्टेम्बरको दिन फेरि हिल जोइण्ट फोरमको बैठकमा भावी कार्यक्रमहरूको खुलासा गरिने अध्यक्ष डीके गुरूङले बताए। यसैगरी, हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय कमिटी साथै ब्राञ्च कमिटीको 24 सेप्टेम्बरको दिन हुने बैठकमा यी विषयहरू बारे गहन चर्चा-परिचर्चा गरिने भएको अध्यक्ष डीके गुरूङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom