सिलगढी : सिलगढीको भक्तिनगर थाना अन्तर्गत एउटा पेट्रोल पम्पअघि दुईवटा मालवाहक ट्रक ठोक्किँदा 2 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार गत अबेर राति मालवाहक दुईवटा ट्रक ठोक्किएर पल्टिँदा दुईजना व्यक्ति ट्रकभित्र अड्किएपछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर अस्पतालमा पठाएको छ। उक्त घटनापछि दुईवटा ट्रकको चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार दुईवटा ट्रक द्रुत गतिमा आइरहेकोले गर्दा नै उक्त दुर्घटना भएको हो। घटनाको खबर पाएर भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा दुईवटा ट्रकलाई उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।