दुर्गा जनकल्याण संगठनद्वारा पहिलो बैशाख भव्य रूपमा मनाइने

सिलगढी: दुर्गा जनकल्याण संगठन दुर्गागढी सिलगढीको आयोजनामा प्रत्येक वर्ष झै यो वर्ष पनि नेपाली नयाँ साल पहिलो बैशाख आगामी 14 अप्रेल तदानुसार विसं 2079, बिहिवारको दिन साँझ भव्य रूपमा मनाइने भएको छ। यस उपलक्ष्यमा नेपाली जाति अनि समाजको निम्ति काम गर्न हुने विशिष्ट समाजसेवक, साहित्यकार, चिकित्सक, कलाकार, संगीतकार, सरकारी उच्च पदाधिकारी, खेल जगत, उद्योगपति लगायत पत्रकारहरूलाई सिलगढी सम्मान-ले सम्मानित गरिने भएको छ। यसबारे दुर्गा जनकल्याण संगठनका सभापति अमल कुमार खवास अनि सचिव खेम सापकोटाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *