ड्रग्ससहित नेपालबाट दुईजना महिला पक्राउ

पानीट्याङ्की : ड्रग्स कारोबारको मामिलामा नेपाल पुलिसले भारत-नेपाल सीमा क्षेत्रको काकरभिट्टाबाट दुईजना भारतीय महिलालाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार नेपालको काकरीभिट्टास्थित एउटा होटलमा गोप्य सूचनाको आधारमा नेपाल पुलिस र नारकोटिक्स ब्युरो नेपालले संयुक्त रूपमा अभियान चलाएर दुई किलोग्राम नशालु पदार्थ अफीम उद्धार गरेको छ।


यसको साथै पुलिसले मणिपुरका 30 वर्षीय लक्ष्मी छेत्री अनि 38 वर्षीय दार्जिलिङ निवासी गायत्री देवी छेत्रीलाई पनि पक्राउ गरेको बताइएको छ। उक्त उद्धार गरिएको 2 किलो नशालु पदार्थ अफीमको अन्तर्राष्ट्रिय बजारमा लाखौँ रुपियाँ मूल्य रहेको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *