डीवाईएफआईको उत्तरकन्या अभियान आज, अभियानलाई रोक्न धेरै संख्यामा पुलिस बल मैदानमा

सिलगढी, 28 मार्च: बेरोजगार विरोधी दिवसको अवसरमा आज डीवाईएफआई-को तर्फबाट सिलगढीमा उत्तरकन्या अभियानको आह्वान गरिएको छ। यसै क्रममा, उत्तरकन्या अभियान अवधि कुनै पनि अप्रिय घटनालाई रोक्नका लागि सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा कडा सुरक्षा व्यवस्था गरिएको छ। रैलीलाई रोक्नका लागि जलपाईमोडबाट तीनबत्ती मोडसम्म धेरै संख्यामा पुलिस बल तैनाथ गरिएको छ। सडकलाई पूरै पुलिस छावनीमा परिणत गरिएको छ। अभियान अवधि डीवाईएफआई-का कार्यकर्ताहरू उत्तरकन्या पुग्न नपावोस् भन्ने उद्देश्यले पुलिसले सडकमा बारिकेडिङ गरेर रोक लगाएको छ। प्राप्त जानकारी अनुसार, डीवाईएफआईको यो अभियान रोक्नका लागि लगभग 800 पुलिसकर्मी मैदानमा तैनाथ गरिएको छ। स्मरण रहोस, यस अभियानलाई सफल बनाउनको लागि हिजो डीवाईएफआई-को राज्य सचिव मीनाक्षी मुखर्जीको नेतृत्वमा सिलगढी शहरमा ठूलो मशाल रैली निकालिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *