डीवाईएफआई र एसएफआईद्वारा रोहिणी क्षेत्रमा रुखका विरुवा रोपण

खरसाङ : विश्व पर्यावरण दिवसको अवसरमा डीवाईएफआई र एसएफआईद्वारा संयुक्त रूपमा खरसाङको रोहिणी क्षेत्रमा विरुवा रोपण कार्य सम्पन्न भयो। रोहिणी रोडको दुवै किनारमा आज रुखका विरुवाहरू रोपियो। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै डीवाईएफआई दार्जिलिङ जिल्ला सभापति सचिन खातीले विश्व पर्यावरण दिवसको अवसरमा डीवाईएफआई र एसएफआईद्वारा संयुक्त रूपमा दार्जिलिङ पहाड़मा विरुवा रोपण कार्य सम्पन्न गरेको बताए। तिनले बताएअनुसार आफूहरूले पहाड़को विभिन्न क्षेत्रहरू तीनधारे, सेभोक, सोनादा, मङ्ग्पु, बिजनबारी, मिरिक आदि क्षेत्रमा आज विश्व पर्यावरण दिवसको उपलक्ष्यमा रुखका विरुवाहरू रोपियो। रुखको विरुवा रोप्नुको मुख्य उद्देश्य पुञ्जीवादी देशहरूले प्रकृतिलाई नष्ट गरेर आफ्नो फाइदाको लागि वन-जङ्गल विनाश गरेकोले गर्दा आफूहरूले यस विनाशलाई जोगाउनुपर्ने साथै यस कार्यको लागि सबै अघि आउनुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbettipobet Built with ❤︎ by appycodes