ईभान फाउन्डेसनको चौथो स्थापना दिवस खरसाङमा पालन

खरसाङ (निसं): ईभान फाउन्डेसनले आफ्नो चौथो स्थापना दिवस खरसाङको पार्क लोकेसनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। संस्थापक प्रशान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा सभासद श्याम शेर्पा उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामा, नगरपालिका उपाध्यक्ष सुवास  प्रधान उपस्थित थिए। कार्यक्रममा संस्थाकी उपाध्यक्ष एथिना शर्माले स्वागत भाषण राखिन् भने सचिव निकेतन निरौलाले संस्थाको सालभरिको रिपोर्ट विषयमा जानकारी दिइन्। संस्थाका अध्यक्ष प्रशान्त शर्माले संस्थाको उद्देश्य र स्थापना विषय जानकारी दिए। गत वर्षदेखि संस्थाले दिने गरेको स्वतन्त्रता सेनानी सावित्री देवी स्मृति पुरस्कार यस वर्ष पनि विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने तीनजनालाई पुरस्कृत गरियो।


यसै क्रममा सिलगढीको मिलन मोडका ई-रिक्शा चालक शिव कटुवाललाई पुरस्कार प्रदान गरियो जसले गरिब नानीहरूलाई रिक्शा चलाएर खुशी शिक्षा केन्द्र-को स्थापना गरेर धेरैजना नानीहरूलाई पढाइरहेका छन्। यसैगरी, मर्निङ स्टारकी संस्थापक तथा भूतपूर्व निर्देशिका शिशिलिया जर्जलाई पनि पुरस्कार प्रदान गरियो जसले खरसाङमा धेरै मानिसहरूलाई आत्मनिर्भर हुन तथा धेरै नानीहरूलाई हेरचाह गर्छन् र रेभरेन्ट फादर अब्राहामको कार्यमा सहभागी भएकी थिइन्। यसैगरी, ताम्रपत्रले सम्मानित स्वतन्त्रता सेनानी सरयूप्रसाद पोद्दार र पुतलीदेवी पोद्दारका सुपुत्र स्वर्गीय सुरेन्द्र पोद्दारलाई पनि मरोणापान्त पुरस्कार प्रदान गरियो जसले समाज, शिक्षा, कला र समाजसेवामा अहम भूमिका निभाएका थिए। कार्यक्रममा मुख्य अतिथि सभासद श्याम शेर्पा, नगरपालिका उपाध्यक्ष सुवास प्रधानले आ-आफ्नो वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO